सुर्खेत। नेकपा एमालेका कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले युवाहरु उत्पादनमा जाेडिनु पर्ने बताएका छन्। समृद्धिकाे नेतृत्व अब युवाहरुले गर्नुपर्ने उनकाे भनाइ छ। मंगलबार युवासंघ नेपाल कर्णाली प्रदेश कमिटीले युवा संघको ३५ औं स्थापना दिवसकाे अवसरमा आयाेजना गरेकाे कर्णालीकाे विद्यमान अवस्था र वेराेजगारी समस्याकाे दीर्घकालिन समाधान विषयमा ‘युवा मन्थन’ कार्यक्रममा बाेल्दै शाहले युवाहरु देशकाे भविष्य र आशाका किरणहरु भएकाे बताए ।
कार्यक्रममा कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले कर्णाली प्रदेशकाे भविष्य युवाहरुकाे हातमा भएकाे बताए । रसाथै कर्णाली सरकार युवामैत्री बजेट र कानुन बनाउन सकरात्मक रहेकाे उनकाे भनाइ छ। कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले कर्णाली विकासकाे प्रमुख समस्या टुक्रे याेजना रहेकाे, अब कर्णाली प्रदेशले वृहत तथा अर्थपुर्ण याेजना र अर्थपुर्ण बजेट ल्याउनुपर्ने बताए ।
कार्यक्रममा युवा नेता कुमारबिक्रम शाहीले कर्णालीकाे विद्यमान अवस्था र बेराेजगारी समस्याकाे दीर्घकालिन समाधान बिषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए। उक्त अवधारणा पत्र माथि उप-प्रध्यापक माधव प्रसाद खनाल, युवा नेता किरण किशाेर सापकाेटा, वाईसिएल इन्चार्ज गणेश बहादुर शाही, पर्यटन व्यवसायी विष्णु ढकाल लगायतले टिप्पणी गरेका थिए। साथै कर्णालीकाे वर्तमान समस्या र यसकाे समाधान बारे रचनात्मक धारणा राखेका थिए । युवा संघका प्रदेश अध्यक्ष जीवन बहादुर शाहीले युवाहरु नयाँ तरिकाले जागरुक हुन आवाश्यक रहेकाे बताए ।
नेपालीरैबार । २०८१ जेष्ठ १, मंगलवार