कर्णालीबारे सधैँ नकारात्मक कुराहरु प्रचार भए – मन्त्री अर्याल

सुर्खेत । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डिपी)ले कर्णालीमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताएका छन् । शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको बताएका हुन ।

त्यसका लागि सबैले सकारात्मक कुराहरूमा धेरै ध्यान दिनुपर्ने बताए । कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै उनले सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्यालले कर्णाली बुझ्ने अवसर पाएको भन्दै कालिकोटको रास्कोटमा २५ बेटको अस्पताल बनाएको उल्लेख गरे । त्यहाँ अहिले सबै दिन सोलारबाट सेवा प्रदान गर्ने गरी व्यवस्थापन भएको बताए । मन्त्री अर्यालले कार्यभार सम्हालेपछि हरेक दिनलाई केहि न केहि काम गर्नुपर्छ भनेर लागिरहेको बताए ।

यस्तै उनले पार्टी सभापतिमाथि उठेको आरोप निराधार रहेको बताए । उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ । अहिले त्यही भइरहेको हो । आफूले रजाइँ गरिरहेकाहरूलाई हामी आएका प्रति मन परेको छैन् । आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया