सुर्खेत। सोमबार दिउँसो वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्दार गरी अस्पतालहरुमा पु¥याइएको छ ।
दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनीबस एक्कासी ब्रेक फेल भई सडकबाट तल खसेको थियो ।
उक्त दुर्घटनामा परी दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ बर्षीय भिमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० बर्षीय शेर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो ।
दुबै जनाको लाश प्रारम्भीक कार्य पुरा गरी कर्णाली प्रदेश अस्पताल शव गृहमा राखिएको छ ।
घाइते हुनेमा
१० जि.दैलेख दुल्लु न.पा.१३ बस्ने बर्ष अ.२८ को जगत थापाको बायाँ खुट्टा भाचिएको र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम । (कर्णाली प्रदेश अस्पताल कालागाँउ )
२० ऐ.ऐ. ११ बस्ने बर्ष अ. ४५ कि कमला सुनारको शरिरको बिभिन्न भागमा चोट अवस्था बोल्न सक्ने ।( सुर्खेत हस्पिटल)
३० ऐ.ऐ.डुङ्गेश्वर गा.पा. ७ बस्ने बर्ष २० को मोहन थापा कम्मरमा चोट सामान्य । (कर्णाली केयर सुर्खेत )
४० ऐ.दुल्लु न.पा.११ बस्ने बर्ष ३६ को माया खत्री छात्ती र खुट्टामा,टाउकोमा चोट सामान्य बोल्न सक्ने ।
५० ऐ.ऐ.१० बस्ने बर्ष २० प्रदिप थापा हातमा चोट सामान्य ।
६० ऐ.ऐ.बस्ने बर्ष ४० की दुर्गा शाही हात र छात्तीमा चोट सामान्य ।
७० ऐ.ऐ.११ बस्ने बर्ष १७ की रेजिना कार्की छात्ती,घाटी रहातमा चोट सामान्य ।
८० ऐ.ऐ.बस्ने बर्ष २३ को थिर ब. थापा हात र टाउकोमा चोट सामान्य ।
९० ऐ.ऐ.१० बस्ने बर्ष २५ की निर्मला खड्का गालामा चोट सामान्य ।
१००ऐ.ऐ.बस्ने महिना १५ को साहिमल खड्का टाउकोमा चोट सामान्य।
११० ऐ.डुङ्गेश्वर गा.पा ३ बस्ने बर्ष ६० को पदम राना टाउकोमा चोट सामान्य ।
१२० जि.बर्दिया ठाकुरबाबा न.पा.३ बस्ने बर्ष ६१ की खजुरा खड्का खुट्टा,हात र टाउकोमा चोट सामान्य ।
१३०जि.दैलेख डुङगेश्वर गा.पा.६ बस्ने बर्ष १८ को खगेन्द्र थापा नाक,हात र खुट्टामा चोट सामान्य ।
१४० ऐ.ऐ.बस्ने बर्ष २१ को खगेन्द्र थापा हातमा चोट सामान्य ।
१५० ऐ.ऐ.बस्ने बर्ष २४ को लोकेन्द्र रोकाय मगर हात,ढाडमा चोट सामान्य ।
१६० ऐ.ऐ.बस्ने बर्ष २४ को नबिन राना आँखा, खुट्टामा चोट सामान्य ।
१७० जि.दैलेख दु.न.पा.११ बस्ने बर्ष २३ कि तुल्सि कार्की शरिरको बिभिन्न भागमा चोट सामान्य ।
१८० जि.दैलेख डुङ्गेश्वर गा.पा.६ बस्ने बर्ष २१ को खगेन्द्र रानाको हात र टाउकोमा चोट सामान्य ।
१९० जि.दैलेख दु.न.पा.१० बस्ने बर्ष ४९ को प्रेम खड्का हात र ढाडमा चोट सामान्य ।
२०० ऐ.ऐ.११ बस्ने बर्ष ३९ को बल ब. खत्री ढाडमा चोट सामान्य ।
२१० ऐ.ऐ.बस्ने बर्ष ९ की निशान्त खत्री टाउकोमा चोट सामान्य ।

नेपालीरैबार । २०८१ जेष्ठ ७, सोमबार