
काठमाडौं। मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आज एक लाख ४० हजार छ सयमा कारोबार भइरहेकोछ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकोमा आज भने एक लाख ३९ हजार नौ सयमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५५ ले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकोमा आज भने एक हजार आठ सय ८५ मा कारोबार भइरहेको छ ।

नेपालीरैबार । २०८१ जेष्ठ ८, मंगलवार