एक सयले घट्यो सुनको मुल्य

काठमाण्डौं। सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख ४० हजार छ सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया