रासायनिक मलको आयात घट्यो

काठमाडौं। नेपालमा रासायनिक मलको आयात घटेको छ । वैशाख मसान्तसम्मको अवधिमा विदेशबाट आयात हुने रासायनिक मलको परिणाम घटेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । चालू आर्थिक वर्ष २०८०र८१ को वैशाख मसान्तसम्मको भन्सार विभागको तथ्याङ्क हेर्दा रासायनिक मलको आयात परिणाम घटेको हो ।

 


यो १० महिनाको अवधिमा विदेशबाट २५ अर्ब ५६ करोड रुपैयाँ बराबरको रासायनिक मल भित्रिएको छ । जुन, गत आर्थिक वर्ष २०७९र८० को यही अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो । यो गत वर्षको तुलनामा ६ अर्ब ३१ करोडको गिरावट हो ।

नेपालमा आयात हुने रासायनिक मल लगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । मुख्यगरी, भारत, चीन र गल्फ राष्ट्रबाट रासायनिक मलको आयात हुने गरेको छ । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियम लगायतका मल आएका छन् ।

तपाईको प्रतिक्रिया