वीरेन्द्रनगरमा प्रेसर कुकर बम फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा प्रेसर कुकर बम फेला परेको छ । वीरेन्द्रनगर–१६ मेहेलीमा खेतबारी खन्ने क्रममा बिहीवार जमिन मुनी पुरानो प्रेसर कुकर बम फेला परेको हो ।

स्थानीय चन्द्रबहादुर बोहराको खेतबारी खन्ने क्रममा बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनासाथ अस्थायी प्रहरी पोष्ट मेहेली सुर्खेतका प्रहरी हवल्दार लाल बहादुर बोहराको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा तत्कालका लागि सिल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

बमलाई डिस्पोजल गर्ने उपकरणसहित नेपाली सेनाको टोली उक्त स्थान पुगेर डिस्पोज गर्ने तयारी गरेको छ । प्रहरीले उक्त घटना बारे थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया