शरणार्थी क्याम्पमा इजरायलको आक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं। इजरायलले आक्रमण गर्दा रफाह क्षेत्रको शरणार्थी क्याम्पमा रहेका कम्तीमा ३५ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका उक्त मन्त्रालयले जनाएको सीएनएनले उल्लेख गरेको छ ।

यद्यपि, युद्धस्थलमा पहुँचको अभावका कारण वास्तविकताबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको समेत सीएनएनले जनाएको छ । इजरायलले उक्त क्षेत्रमा आइतबार आक्रमण गरेको थियो ।

इजरायल डिफेन्स फोर्सेजका तर्फबाट उक्त स्थानमा एयर स्ट्राइक गरिएको भए पनि घटनाको पुनरवलोकन भइरहेको हमासले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सबेरै हमासले आठ रकेट तेल अभिभतर्फ प्रहार गरेको थियो । उक्त आक्रमण गएको जनवरीयताको पहिलो लामो दूरीको हमला भएको जनाइएको छ ।

उता, इजरायलले आइतबार आफूले गरेको आक्रमणमा हमासका दुई सिनियर अधिकारी मारिएको जनाएको छ । उनीहरु जुदिया र समारिया तथा खालेद नगरका कमान्डर रहेका रहेको जनाइएको छ । मारिने एकजनाको नाम यासिन रबिया भएको सीएनएनले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया