भाईरल मनोविज्ञान – मौन यौन मनोविज्ञान र मानसिक स्वास्थ

सुर्खेत । यदि तिमी मेरो शब्दलाइ बुझ्न सक्दैंनौ भने मौनतालाई बुझ्नै सक्दैनौ हाम्रो वरिपरिको समाज परम्परा चलन चल्ती रिति रिवाज र संस्कृति र संस्कार ले राम्रो मानसपटलमा केहि कुराको अभावमा धेरैकुराको दबावमा सबै कुराको प्रभाव परेको पाइन्छ। यि तिनै वटै कुराको व्यक्ति स्वभाव निर्माण गरेको पाइन्छ त्यसलाई थप रोचक र घोचक बनाउने काम सामाजिक सञ्जालको आतंकले वर्तमान परिस्थिती मा भाईरल मनोविज्ञान ले निर्माण गरेको पाइन्छ।

हुन त मौनता भित्रको मौनता जति जति उकुस मुकुस अटस पटस हुदैजान्छ त्यतिकै त्यो ज्वालामुखि भै विस्पोट हुदै जान्छ । त्यस्तो भएमा यौन्ताको सुन्द्रता केवल, देखावटी र विकाउटी हुन थाल्छ के यसको मतलव यौन खुल्ला हुनु पर्छ भनेको हो त रु यो पटक कै होइन यसको मतलव यौन को सुन्द्रता बजारमा र हजारमा भाईरल हुनु हुदैन भन्ने हो । करोडौ कस्तुरी मा लेखिएको एक वाक्याशं घन घोटे बन्चर हुन्छ मन घाटे मस्तिक हुन्छ । हाम्रो मन हाम्रो सोच र चिन्तनलार्ई कस्तो खालको चलिरहेको भाईरल क्रियाकलाप लाई पछ्याइ रहेका छौ । यसले हाम्रो यौन र मौन लाई असर पारेको देखिन्छ मनोवैज्ञानिकका अनुसार शब्द नै शक्ति हो र सोच नै शक्ति हो भन्ने गरेको पाइन्छ । जुन कुराले हामो शरिरमा औरा शक्ति सकरात्मक शतिm प्रदान गर्ने काम गर्छ।

यदि हामीले मौन र यौनलाई ठिक तरिकाले चिनेनौ र बुझेनौ भने यसले यस्तो परिस्थिती को निमाण गर्न सक्छ । उदाहरण का लागि धेरै समय भोकाएको कुकुरले महिनौ अधिबाट सुकेको हडि़ मिठो मानेर खाएको जस्तो हो । वास्तमै त्यो त मिठो होइन त्यो सुकेको हडिले आफ्नै दात, गिजा, जिव्रो मा घोचेर निकालेको रगतलाई हड्डिको मिठो रस मानेर खाए जस्तो हो। यसको परिणाम केहि पछी मात्र थाहा हुन्छ । अर्को प्रसंग लाई जोडनु पर्दा करोडौ । कस्तुरी आपनो जिवन भरि आफैमा रहेको शुःवास्ना खोज्दा खोज्दै अन्तमा सिकारीको पासोमा गएर मर्ने गर्छ। यदि यौन र मौन ठिक तरिका बुझिएन भने के होला ?

किशोर अवस्थाको उमेर समुह भन्दा माथी व्यक्ति मौनतामा मानसपटलमा बिगतका यादहरु,वर्तमानका सम्झनाहरु र केहि भविष्यका कल्पनाहरु ले व्यक्तिको मौनतामा ठेएलाग्यौ भन मन कुडियो तुहियो भने बिचारमा चिन्तनमा खिया लागेको अनुभुति हुन थाल्छ र त्यसले व्यक्तिको मानसिक स्वास्थमा नकरात्मक भुमिका खेल्ने गर्छ। जसले गर्दा व्यक्ति को सिजन सिलता तुहिन थाल्छ त्यसको परिणाम दैनिक जिवनमा खलबली ल्याउँछ।

हाम्रो समाजले चित्रण गरेको पुरुष बलियो निडर साहस यस्ता कयौ समाजमा स्थापित मुल्यमान्यता ले ल पुरुषमा रहेका वस्तुगत र विषयगत भावनाहरु खिया लाग्ने गरेको पाइएको छ । त्यसको कारण पुरुष कयौ भावनाहरु दबिदै आएको पाईन्छ । त्यति मात्र नभई महिला पुरुषको सम्बन्धमा खटपट भएको देखिन्छ ।

त्यसैले कहिले काहि मौनता र मौन उपचारमा विकसित हुन्छ र विनासकारी व्याहारको ढाँचा बन्छ तब मौनतामा ठेस लाग्छ त्यसले भावनामा विचलन ल्याउछ र व्यक्ति स्वयम लाई हरेक परिस्थिती अपमान जनक अनुभुति गर्छ। त्यसले व्यक्तिको मौन र यौनमा समस्या देखिन्छ। हाम्रा कति वटा दबिएका यौन र मौन भावनाहरु चर्पिको भित्तामा स्कुलको भित्तामा स्कुलको पर्खालमा र हाम्रो मठ, मन्दिरमा कोरिएको यौन आसनका तस्वीर ले प्रस्तुत गरेको पाईन्छ ।

किन मौन र यौनमा समस्या किन हुन्छ ?

 बढ्दो तनावको कारणले ।
 पारिवारिक सम्वन्धमा उतारचढाव भएमा ।
 यौन आघात जन्य घटनाको कारण ।
 संचार र भावना नियमन मा संघर्ष भएमा ।
 अरुको जिवनशैलीका नकंल गर्नाले ।
 सामाजिक सन्जालको आतंङ्कगले छोएमा ।
 यौनजन्य सामग्रिको लत बसेमा ।
 लागु अाैषध, कुलतमा परेमा ।
 मानसिक र मनोसामाजिक समस्या भएमा ।
 यौन उत्पीडन वा शोषणमा परेमा ।
 असफलता, विछोड ।
 जबरजस्ती विवाह र बालविवाह भएमा ।

यौन्ता र यौन्तामा असरपर्दा देखिने लक्षणहरु

– खालिपनको महशुष हुनु ।
– हजारौको भिडमा एकलो महशुष हुनु ।
– मन बुचो वा कुडिएको महशुष हुने ।
– इच्छा र समयको माग बमोजिम चलन नसकनु ।
– आफ्नो प्रशंसा आफै गर्ने नसकने ।
– self image ,self concept and self perception  नकरात्मक धारण हुनु ।
– अस्थित्व घुमेको महशुष हुने ।
– यौन गतिविधिहरूमा संलग्न हुन कम वा कुनै रुचि नहुनु ।
– यौनसम्पर्क गर्दा शीघ्र स्खलन हुन्छ ।
– महिनावारी गडबड हुने ।
– मन निराश वा उदास हुने,
– निद्रा राम्रो नपर्ने,
– सेक्सबाट आनन्द प्राप्त गर्न कठिनाई

यौन्ता र यौन्तामा समस्या लाई कसरी सामना र सामाधान गर्ने सकिन्छ।

 आपनो स्वहेरचाह मा ध्यान दिने
 आपनो अस्थित्व लाई स्विकार गर्ने
 सामाजिक भावनात्मक सम्बन्धमा जोड दिने ।
 वैवाहिक र पारिवारीक परामर्श मा ध्यान दिने
 अर्गानिक खानेकुरामा ध्यान दिने
 आत्मनिर्भर को महशुष गर्न ।
 आपनो जिवन को आद्र्रशनिर्माण गर्नु पर्छ ।
 मनोरंजनात्मक कियाकलापमा सामेल हुने ।
 सामाजिक समर्थन मा ध्यान दिने ।
 रचनात्मक क्रियाकलाप मा ध्यान दिने।
 सकरात्मक आत्मा वार्तामा ध्यान दिने
 आफूले थकान महसुस गर्नुअघि नै आराम लिने।
 क्षमताअनुसारका योजनाहरू बनाउन, समुदायमा उत्पादनशील कार्य गर्न र वास्ताविक सोचाइ राख्ने।
 ध्यान, गहिरो साशप्रशास विधी
 प्रगतिशील मांसपेशी विश्राम
जब ब्यातिको मौनताले र बिषादिको रुप लिन्छ तब व्यक्ति शोचालित हाेईन सञ्चालित हुन थाल्छ र अन्तमा त्यसले identity crasis व्यक्तिको व्यक्तिगत पहिचानमा समस्या हुनथाल्छ त्यसअर्थ मौनता को आवाजलाई बुझौ र सक्रिय तवरले एकअर्काको कुरालाई सुनौ ।

रुकुम टमटा (मनोविद्)

रुकुम टमटा हाल टिपिओ नेपाल कर्णालीमा मनोविद् र मनो परामर्शदाताका रुपमा काम गर्दै
आउनुभएको छ।

तपाईको प्रतिक्रिया