दैलेख खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

सुर्खेत।दैलेख खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको महाबु गाउँपालिका ३ घर भई हाल दैलेख सदरमुकाममा तरकारी पसल गर्दै आएका चन्द्रबहादुर शाहीका १३ वर्षीय छोरा भुवन शाहीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मंगलबार दैलेख सदरमुकामबाट पौडी खेल्ने भनेर साथीहरूसँग लोहोरे खोला पुगेका भुवनबहादुर शाहीको दिउँसो ३ बजेतिर खोलामा डुबेर मृत्यु भएको हो ।

स्थानिय र प्रहरीको सहयोगमा खोजी गर्दा एक घण्टा पछि मृत अबस्थामा फेला परेको प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहाल जानकारी दिए ।

तपाईको प्रतिक्रिया