कालीकोट तिला नदीमा बेपता किशोरको शव फेला

सुर्खेत।कालीकोटको तिला नदीमा बेपता भएका किशोरको शव भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका –६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय किशोर मङ्गलवार बेपत्ता भएका थिए।उनको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ ।

तिलागुफा नगरपालिका –७ घर भइ हाल वडा ६ को गाल्जे बजारमा होटल व्यावसाय गरी बस्ने रुपकौडा बमका अन्दाजी १५ वर्षीय छोरा हिक्मत बम बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले तीन दिनसम्म लगातार खोजिपछि नदीमा किशोरको शव भेटिएकोे बताए। किशोर खोजीका लागि खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको टोलीसहित जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली खटाइएको थियो ।

नेपाली सेनाको आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा सात जनाको टोली गरी जम्मा सुरक्षा निकायका १९ जनासहित स्थानीयले खोजी गरेपछि आज बिहान शव भेटिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया