काठमाण्डौं। सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ रहेको थियो । सुनको भाउमा केही समययता उतारचढाव भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
नेपालीरैबार । २०८१ जेष्ठ १७, बिहीबार