क्रिकेटर सन्दीपलाई भिसा दिन अमेरिकाको अस्वीकार

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । टी–२० विश्वकप खेल्नका लागि अमेरिका जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो प्रयासमा पनि भिसा दिन अस्वीकार गरेको हो ।

सरकारी पहल अनुसार उनी बिहीबार अपराह्न अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका थिए । तर, उनलाई दूतावासले यसअघि जस्तै भिसा दिन अस्वीकार गर्‍यो । उनलाई अमेरिकाले भिसा नदिएकोमा क्रिकेट समर्थकहरूले आक्रोश पोख्दै आएका छन् ।

उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै विश्वकपमा खेल्न पाउने ढोका खुला गरिदिएको थियो । सोहीअनुसार आईसीसीमा समेत पत्राचार भएर भिसाका लागि सहजीकरण गर्न दूतावासमा पत्र पुगेपनि अमेरिकाले भिसा नदिएको हो । अमेरिकाले भिसा नदिनुको कारण खुलाएको छैन ।

तपाईको प्रतिक्रिया