सार्वजनिक बसमा अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं। गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्त मैत्री बनाइने उद्देश्यले मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर अनुरोध गरेको हो ।

अपाङ्गता तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गतामैत्री र्‍याम्प राख्न अनुरोध गरेको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिएका छन्। अहिले सार्वजनिक गाडीमा चढ्न अपाङ्गता भएका व्यक्तिले हैरानी बेहोर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया