विश्वकप टी– २०: स्कटल्याण्डले नामिबियालाई ५ विकेटले हरायो

काठमाडौं। आइसिसी टी– २० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा स्कटल्यान्ड्सले नामिबियालाई ५ विकेटले पराजित गरेको छ।


जितपछि स्कटल्यान्डले विश्वकपमा दुई खेलबाट तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लियो। नामिबियासँगै अस्ट्रेलियाको समान दुई अंक छ। इङ्ल्यान्डको एक अंक रहँदा ओमान अंकविहिन छ।

विश्वकपको १२औं खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा स्कटल्यान्डले १८ दशमलव ३ ओभरमा मात्र पाँच विकेट गुमाउँदै जित निकालेको हो।

स्कटल्यान्डको जितमा कप्तान रिची बेरिंघटनले ३५ बलमा ४७ रन बनाए। माइकल लिस्कले ३५, माइकल जोनेसले २६ र ब्रान्डन म्याकमुरले १९ रन बनाए। नामिबियाका गेरार्ड इरास्मसले दुई विकेट हात पारे।

यसअघि नामिबियाको लागि कप्तान इरास्मसले ३१ बलमा ५२ रनको बनाएका थिए। जेन ग्रिनले २८ रनको योगदान गरे। स्कटल्याण्डका ब्राण्ड ह्वीलले ३ विकेट लिए।

प्रतियोगिता अन्तरगत आजै क्यानडा र आयरल्याण्ड आमने सामने हुनेछन् ।

तपाईको प्रतिक्रिया