सुर्खेत। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले पार्टीमा व्यापक छलफल गरेर मात्रै मन्त्री छनोट गरिने बताएका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा गुरुङ्गले उक्त भनाइ प्रस्तुत गरेका हुन् । रुकुम पश्चिमबाट जनार्दन शर्मा प्रभाकर मन्त्री हुँदा जाजरकोटका शक्ति बस्नेत मन्त्री मण्डलबाट बाहिर बस्ने र बस्नेत मन्त्री बन्दा प्रभाकर बाहिर बस्ने प्रचलन माओवादी केन्द्रमा हावी छ ।
दुई नेता बाहेक कर्णाली प्रदेशबाट संघमा अन्य माननीय भएपनि प्रधानमन्त्री प्रचण्डले यी दुवै नेतालाई बारम्बार मन्त्री बनाइरहेका छन् ।
‘पार्टीले आवश्यकताको आधारमा मन्त्री छानेको हो । माओवादी भन्नाले ती दुई जिल्ला मात्रै होईनन ।’ उनले रणनीतिक प्रतिक्रिया दिए ।
उनले जनमत पार्टी र रञ्जिता श्रेष्ठको पार्टीलाई पनि संघीय गठबन्धनमा समावेश गरिने बताए ।
समाजवादी मोर्चामा उपेन्द्र यादवलाई समेटने प्रयास जारी रहेको बताउँदै समाजवादी मोर्चा भन्दा पनि आफूहरुले पार्टी एकीकरण नै गर्ने गरि छलफल भइरहेको बताए ।
नेपालीरैबार । २०८१ जेष्ठ २५, शुक्रबार