खेलकुद मन्त्री श्रेष्ठद्धारा रङ्गशालाको निरीक्षण

सुर्खेत। आगामी मंङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पुर्वाधारको स्थिती बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।


उक्त टोलीले सोमबार बिहान वीरेन्द्रनगर स्थिती निर्माणाधीन गौरवको आयोजना रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठुलो संरचना बनाइरहेको भन्दै प्रसंशा गरे ।

‘कर्णालीले जमर्को गरेर १० औँ राष्ट्रिय खेलकुदलाई महाउत्सव मनाउन अपिल गर्दछु,’उनले भने, ‘यही अवस्थामा हुन्छ कि हुन्न भन्नु भन्ने आशङ्का पनि छ । म भन्छु यो प्रश्न नै गलत छ । १० औँ राष्ट्रिय हुन्छ, गर्नुपर्छ ।’

संरचना निर्माणको सन्दर्भमा संघले बजेट दिन नसकेको उनले स्वीकार गरे । उनका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रीत गरिएको छ ।

तपाईको प्रतिक्रिया