चुनाव हारेपछि राजीनामा दिए बेल्जियमका प्रधानमन्त्री डी क्रूले

काठमाडौं। बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रूले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिएका छन् ।

आइतबार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु रोक्न गाह्रो भएको भन्दै उनले उपलब्ध नतिजा आफूले आशा गरेको नतिजा नभएको बताए ।भोलिसम्म प्रधानमन्त्रीको पदबाट राजीनामा दिने र वर्तमान मामिलामा पूर्णरूपमा ध्यान केन्द्रित गर्ने उल्लेख गरेको सीएनएनले जनाएको छ ।

आरटीबीएफको मतदानलाई उद्धृत गर्दै सीएनएनले डि क्रूको ‘ओपन भिएलडी’ पार्टीले युरोपेली संसदमा ५.८ प्रतिशत मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको जनाएको छ ।

आरटीबिएफको सर्वेक्षणले अति दक्षिणपन्थी ‘भ्लामस बेलाङ पार्टी’ र ‘फ्लेमिश नेशनलिस्ट (एनभीए) पार्टीले क्रमशः १४.८ प्रतिशत र १४.२ प्रतिशत मतका लागि बराबरी रहेको देखाएको छ ।

राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिँदै आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने प्रतिबद्धता जनाए ।

सीएनएनका अनुसार युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूमा मतदान हाललाई बन्द भएको छ भने अन्तिम मतदान इटालीमा भएको थियो ।

युरोपेली सङ्घको चुनावले विश्वको दोस्रो ठुलो लोकतान्त्रिक अभ्यासको प्रतिनिधित्व गर्दछ, जुन परिमाणको हिसाबले भारतको चुनावभन्दा पछाडि छ । युरोपेली सङ्घमा लगभग ४० करोड मतदाताहरूले आर्कटिक सर्कलदेखि अफ्रिका र एसियाको सिमानासम्म फैलिएको युरोपेली संसदका ७२० सदस्यहरू चयन गर्नेछन् ।

यी चुनावको नतिजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वेश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण गर्नेछ ।

सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भूराजनीतिक गतिशीलता उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

तपाईको प्रतिक्रिया