नौमुले गाउँपालिकाका एक सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

दैलेख । नौमुले गाउँपालिकाका कक्षा दशमा अध्ययनरत तीन विद्यालयका एक सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। शुक्रबार नौमुले गाउँपालिका वडा नम्बर ६ सल्लेरीमा जन्म भई हाल अमेरिका बस्दै अाएका मानेन्द्र चन्द ठकुरीको आर्थिक सहयोगमा विद्यार्थीको पढाइमा सुधार होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो।

भैरव माध्यमिक विद्यालय नौमुलेमा ८२ थान, लालिगुराश माध्यमिक विद्यालयमा १६ थान र भाँङ्गारीमा ३९ थान गरि जम्मा १ सय ३७ थान झोला, शैक्षीक सामग्री बितरण गरिएको सहजीकरणको जिम्मा लिएका धमाका राष्ट्रिय दैनिकका सम्पादक बिष्णु शर्माले जानकारी दिए।

भैरव माध्यमिक विद्यालय नौमुलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशीराम बिकले नौमुले गाउँपालिकाका विद्यार्थीहरूको शैक्षिक सुधार गर्ने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेर सहयोग गरेकोमा धन्यवाद समेत दिएका थिए । विदेशमा रहनुभएका अन्य नेपाली युवाहरूले पनि मानेन्द्रको जस्तै समाजसेवीमा लाग्न र सहयोग गर्न समेत आग्रह गरे

आफूले सानोमा स्कुल पढ्दा झोला कापी किताब नपाएको दुःख सम्झँदै हामीलाई सहयोग गर्नुभएको होला भन्दै विद्यार्थीहरूले भने,अहिले मात्र नभईकन आगामी दिनहरूमा पनि यस्ता सहयोग गरिरहन विद्यार्थीहरूले आग्रह गरेका थिए।यसको सहजीकरण दैलेखि सेवा समाज काठकाण्डौर धमाका राष्ट्रिय दैनिकले गरेको थियो।

तपाईको प्रतिक्रिया