धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया

दैलेख । दैलेखमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धित सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ। आइतबार आउटरिच मिडियाको आयोजनामा दैलेख सदरमुकामको समन्वयको सानो हलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो।आउटरिच मिडियाकी प्रबन्ध निर्देशक कल्पना आचार्यले धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट विश्वमा ७ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको बताइन। नेपालको कानुनले धुम्रपान तथा सुर्तीजन्य पदार्थ खुल्ला ठाउँमा बेच्न, प्रचारप्रसार गर्न नमिल्ने जानकारी दिइन् ।


जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर धर्मराज रेग्मीले सुर्तीजन्य पदार्थको सेवनले महिला पुरुषमा बाजोपनको समस्या आउने, मुटु धड्किने, हार्टअट्याक हुने, मुटुमा अक्सिजनको मात्रा कमी हुने भएकाले धुम्रपान र सुर्तीजन्य पदार्थ सेवनले ज्यान समेत जान सक्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको बताए।

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सुर्तीजन्य पदार्थ अन्य व्यक्तिभन्दा पनि युवाहरूले धेरै प्रयोग गर्ने गरेको उनले बताए । यसको नियन्त्रण गर्न प्रहरी प्रशासनले मात्र नभईकन आफआफ्नो ठाउँबाट सबै लागि पर्न आग्रह गरे । नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्तकुमारी थापाले नारायण नगरपालिकाले विभिन्न वडाहरूमा विद्यालयहरूमा क्लब गठन गरेर, किशोर किश्वरीहरूलाई स्वास्थ्य सेवा कार्यालयबाट धुम्रपान र सुर्तीजन्य पदार्थबाट सेवनले हुने असरहरू सम्बन्धी जानकारी समेत गराएको बताइन्। धुम्रपान र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न नारायण नगरपालिका सधैं लागिपर्ने प्रतिबद्धता ब्यक्त गरिन।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायवको उपरीक्षक सुनिल दाहालले आफ्नै कार्यालयमा पनि यो समस्या भएको र यसको नियन्त्रण गर्नको लागि जिल्ला प्रहरी कार्यालयबाट आफू लागिपर्ने यो अभियानमा प्रहरीले सात दिने बताए ।
नारायण क्याम्पस दैलेख का उपप्राध्यापक कृष्ण देवकोटाले धुम्रपान र सुर्तिजन्य पदार्थको होडिङ बोर्ड राखेर प्रचार गर्न नपाइने र पसल हरूमा पनि खुल्ला तरिकाले बेच्न नपाइने र धुम्रपान तथा सुर्तिजन्य पदार्थको बारेमा पाठ्यक्रममै समेटेर बिध्यार्थीहरु लाइ बुजाउन आबश्यक रहेको जनाए। कार्यक्रममा पत्रकार उद्योगी व्यवसायीहरूले समेत आफ्नो भनाइ राखेका थिए।

तपाईको प्रतिक्रिया