फिल्म ‘देवी’ अगामी भदौ २१ गते सार्वजनिक हुने

काठमाडौं। फिल्म ‘देवी’ अगामी भदौ २१ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ । तीजलाई लक्षित गर्दै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव पहारीको मुख्य भूमिका रहेको फिल्म सन्जोग राईले निर्देशन गरेका हुन् । फिल्मले महिलामाथि हुने यौनजन्य हिंसा विरुद्धको कथा उठाएको बताइएको छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मले सहकार्य गरेको फिल्ममा शिल्पा र गौरवका अलावा टीका पहारी, नाजिर हुसेन लगायतको पनि अभिनय छ ।

रेमन गुरुङ, नारायण राई र सन्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायाङ्कन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

तपाईको प्रतिक्रिया