सुर्खेतलाई पूर्ण विद्युतीकरण गर्ने गरेर बजेटको ब्यवस्था गरिएको छ – उपसभापति खड्का

सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास–निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन् । उनले सबै राजनीति दलहरू मिलेर आएको बजेट सदुपयोग गर्नुपर्ने बताए ।


विकासका लागि सबै पार्टी एकै हुन्, बाटो बनाउने, विजुली ल्याउने, सिंचाइ बनाउने, विद्युतीकरण ल्याउने काम पार्टीको हो, चिंगाड गाउँपालिका र लेकवेशी नगरपालिका जोड्ने ट्रस पुलको बुधबार उद्घाटन गर्दै उनले भने, राजनीतिक कारण र दर्शनले पार्टी फरक भएपनि विकासका लागि सबैको पार्टी एउटै हो ।

उपसभापति खड्काले विकास निर्माणमा यो खालको ध्यान सबै जनप्रतिनिधिहरूको हुन आवश्यक रहेको उनको भनाई छ । उपसभापति खड्काले सबै राजनीति दलको लक्ष्य जनताको सेवा, समृद्धि, सम्मुन्नति, उन्नति र प्रगति भएको बताए ।

त्यसमा कुनै राजनीति दलको विवाद छैन । जनताको सुख दुखमा, समृद्धिमा, सम्मुनतिमा, उन्नति प्रगतिमा राजनीतिक दलहरूबीच कुनै विवाद छैन, उनले भने, सबै एकतावद्व भएर आएको बजेट सदुपयोग गर्न, गुणस्तरीय काम गर्नतर्फ लाग्नुपर्छ ।

सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न स्थानीय तहसँग आग्रह गरे । उनले सुर्खेतलाई पूर्ण विद्युतीकरण गर्ने गरेर बजेटको ब्यवस्था गरिएको बताए । सिम्ता र चिंगाङ गाउँपालिकामा सामुदायिक विद्युतीकरणका कारण विद्युत प्राधिकरणलाई काम गर्न

समस्या भएको छ, उनले भने, चाँडो विद्युतीकरणका लागि सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आवश्यक छ । उनले सामुदायिक विद्युतीकरणका कारण जनताले महंगो शुल्क तिर्न परिरहेको बताए ।

उपसभापति खड्काले चिंगाडको तिरैतिर भएर जाने गंगगे–आरनटुडा–ढाडखेत–मटेला–थाला–भ्युसा–जाजरकोट सडकको स्तरोन्नतिका लागि काम भइरहेको बताए । चिंगाडका जनतालाई प्रदेश राजधानी जानका लागि यो सडक महत्वपूर्ण छ, उनले भने, त्यसैले पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया