कर्णाली प्रदेशस्तरीय महिला भलिबलको उपाधि जाजरकोटलाई

सुर्खेत । कर्णाली प्रदेशस्तरीय महिला भलिबलको उपाधि जाजरकोटले जितेको छ । सोमबार दैलेखको नौमुले गाउँपालिकामा भएको प्रतियोगितामा जाजरकोटले २५-१७ र २५-१९ को सोझो सेटमा दैलेखलाई हराउँदै उपाधि जितेको हो ।

कर्णाली खेलकुद विकास परिषद्‌को आर्थिक सहयोग, नौमुले गाउँपालिकाको व्यवस्थापन र दैलेख जिल्ला खेलकुद विकास समितिको आयोजनामा नौमुले गाउँपालिकामा असार ८ देखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा दैलेखले दोस्रो स्थानमा चित्त बुझाएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रदेशस्तरीय महिला भलिबल छनोट प्रतियोगितामा कालीकोट तेस्रो र सल्यान चौथो भए ।

विजयी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । ुस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मूल नाराका साथ आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारी स्वरुप कर्णालीका दशवटै जिल्लामा खेल गतिविधि सञ्चालन गर्ने उद्देश्य अनुरुप दैलेखमा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको कर्णाली खेलकुद विकास परिषद्का सदस्य(सचिव विश्वामित्र सन्ज्यालले बताए ।

राजधानी केन्द्रित खेलकुद गतिविधिले खास खेलाडी छुट्ने अवस्था नआओस् भन्ने हेतुले कर्णालीका सबै जिल्लामा फरक-फरक खेलका इभेन्ट सञ्चालन गरिरहेको उनले बताए । कर्णालीमा आगामी मंसिरमा हुने दशौँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेश सबै प्रकारका खेल सञ्चालन गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न खेलकुद गतिविधिलाई बढवा दिइएको सदस्य-सचिव सन्ज्यालले बताए ।

तपाईको प्रतिक्रिया