
काठमाडौं। आफ्नो स्टार खेलाडी नेइमार विना उत्रेको ब्राजिल कोपा अमेरिकाको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
ब्राजिल आफ्नो पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो । खेल अवधि भर बलमा नियन्त्रण आफ्नो वर्चश्व कायम राखे पनि टोलीले गोल भने गर्न सकेन ।
खेलमा ब्राजिलले पटक-पटक गोलको अवसर प्राप्त गरेपनि गोल भने हुन सकेन र खेल बराबरिमा सकियो ।
समूह डिमा रहेको ब्राजिलको समूहमा कोलम्बिया ३ अंकसहित पहिलो स्थानमा छ । ब्राजिल र कोस्टारिकाको १-१ अंक रहेको छ ।

नेपालीरैबार । २०८१ असार ११, मंगलवार