सुर्खेत । जुम्लाका गोविन्द सुनारको निर्देशन रहेको मर्मस्पशर्शी गीत हिरूलाल सार्वजनिक भएको छ । कर्णालीको एक गरिब परिवारको अवस्थाको चित्रण गरिएको गीत सार्वजनिक भएको हो । हिरूलाल सोल अफ कर्णालीको कथा मर्मस्पर्शी छ ।
यो एक गरिब परिवारको कथा हो । गीतमा हरेक नेपालीको कथा भनिएको छ । गीतमा लाल बहादुर (चक्र बम) विदेश जान्छन् । गीतमा हिरूलालका रूपमा लाल बहादुरका छोरा हुन् । गीतको कथा उनकै वरिपरि घुम्छ ।
गीत मार्फत विद्यामान नेपाली समाजको अवस्थालाई देखाउन खोजिएको निर्देशक सुनारले बताए । उनका अनुसार यो गीत कर्णालीका हरेक परिवारसँग मेल खान्छ । गीतका लेखक,क्रियटीभ डाइरेक्टर र प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् । सहायक निर्देशक,म्युजिक कम्पोजिसनका रूपमा चक्र बम छन् ।
गीतमा चक्र बम,डिग्रा देवी र रचना रिमालको स्वर रहेको छ । गीतमा चक्र बम र रेणु योगीको अभिनय रहेको छ । गीतको कन्सेप्ट,गीत र कार्यकारी निर्माताका रूपमा रतन देवकोटा रहेका छन् । गीत रतन देवकोटाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
नेपालीरैबार । २०८१ असार १९, बुधबार