चार प्रदेशमा आज पनि ठुलाे वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।   साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया