
सुर्खेत । वीरेन्द्रनगर ६ – हटियालाईनमा सेवा दिदै आएको नमुना हङ्कङ्ग बजार थप व्यवस्थापनका साथ सिटि बसपार्क अगाडिबाट सञ्चालनमा आएको छ ।
लामाे समयदेखि हटियालाईमा सेवा दिदै आएको नमुना हङ्कङ्ग बजार वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी जग्गामा बनेका संरचना हटाई पार्किङ्ग लगायतका संरचना निर्माण गर्ने भएपछि खालि गरिएको थियो ।
वीरेन्द्रनगर- १० स्थित बौद्धिक टोल सिटि बसपार्क अगाडि स्थापना गरिएको बजार सोमबार वीरेन्द्रनगर प्रमुख माेहनमाया ढकालले उद्घाटन गरेकी हुन् । हङकङ बजार उद्घाटन गर्दै प्रमुख ढकालले व्यबसायीलाई सकारात्मक परिर्वतनका लागी सुझाव दिईन् भने व्यवस्थापन समितिले नगरपालिकासँग सहयोग माग गर्दै पत्र बुझाएका थिए ।
२०६० सालबाट रेडिमेड फेन्सी तथा जुत्ता चप्पल सर्वसुलभ मूल्यमा विक्रिवितरण गर्दै आएको हङ्कङ्ग बजारको लागत १ करोड ५० लाख रहेको छ भने, सात कठ्ठा जग्गा भाडा लिएर ३२ वटा सटरहरु निर्माण गरिएको छ ।

नेपालीरैबार । २०८१ असार २४, सोमबार