काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४ सय रूपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपालीरैबार । २०८१ असार २५, मंगलवार