चन्दननाथ गणले जित्यो पृतनापति ट्रफीको उपाधी

सुर्खेत। नेपाली सेनाको पृतनापति ट्रफी प्रतियोगिता अन्तर्गत चन्दननाथ गण फुटबलको च्याम्पियन बनेको छ । सोमबार पश्चिम पृतना हेडक्वाटर अन्तर्गत राजदल गणमा भएको प्रतियोगितामा कालिबहादुर गणलाई ४-३ ले हराउदै चन्दननाथले उपाधी हात पारेको हो ।

पहिलो पारी बराबरी खेलेका दुवै टिमले दोस्रो पारीको सुरुमै कालिबहदुर गणले पहिलो गोल गरेको थियो । तर, त्यसको केही मिनेटमै चन्दननाथले जवाफी गोल फर्काएपछि खेल बराबरी रोकिएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले निर्धारित समयमा निणर्याक गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा चन्दननाथले चार गोल प्रहार गरी विजयी भएको हो ।

विजयी खेलाडीलाई ट्रफि, मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । नेपाली सेनाले ‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद तथा साथित्वका लागि खेलकुद भन्ने नारालाई मनन् गर्दै विभिन्न खेलकुद विधामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्य अनुरुप ११ असारबाट पृतनापति ट्रफी आयोजना गरेको थियो ।

प्रतियोगितामा विभिन्न आठ खेलका विधाहरु फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, पौडी, जुडो, र एथलेटिक्स समावेश गरिएको थियो । प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल तथा व्यवस्थापकहरु गरि करीब तीन सय जना सहभागी भएका थिए । सोमाबार प्रतियोगिता समापन कार्यक्रममा अन्य विद्यामा विजयी भएका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया