घरमा ‘मनी प्लान्ट’ किन लगाइन्छ ?

काठमाडौं। घरभित्र मनी प्लान्ट लगाइयो भने आम्दानी बढ्छ, पैसाको बचत हुन्छ भन्ने भनाइ त तपाईं हामी धेरैले सुनेकै छौं । घरमा राखिएको मनी प्लान्ट जति धेरै फैलिँदै जान्छ, त्यति नै घरमा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ ।

लहरे वनस्पति मनी प्लान्ट हाम्रो घरभित्रै रोप्न मिल्ने प्रजातिको बिरुवा हो । यसलाई पानीमा मात्रै वा माटोमा पनि रोप्न सकिन्छ । यसलाई सिसाको भाँडा वा गमलामा रोपेर विशेषगरी घरको ढोका, बैठक कोठा, झ्यालको आडमा राख्ने गरिन्छ ।

मनी प्लान्ट लगाउँदा ध्यान दिनुपर्ने कुराहरू

मनी प्लान्टलाई घरको दक्षिण पूर्वको दिशामा लगाउनु राम्रो हुन्छ,
मनी प्लान्टलाई घर भित्र लगाउँदा मात्रै लाभ मिल्दछ,
मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन,
मनी प्लान्टको पातहरु पहेँलो हुनेबित्तिकै निकालेर फाल्नुपर्छ,

घरमा मनी प्लान्ट किन लगाइन्छ ?

मनी प्लान्टले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ,
घरलाई आकर्षक बनाउँछ,
दाम्पत्य जीवनमा सुख मिल्छ,
धन सम्पत्तिको बढोत्तरी हुन्छ,
घरभित्रको हावा शुद्ध बनाउँछ।

तपाईको प्रतिक्रिया