कालीकोटमा चार दिनपछि विद्युत सुचारु

सुर्खेत। कालीकोट गत शनिबारदेखि अवरुद्ध विद्युत सुचारु भएको छ । वर्षातका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको एसमोडमा पहिरो जाँदा पोल ढलेर अवरोध भएको विद्युत मङ्गलबार दिउँसोबाट सुचारु भएको हो ।

पहिरो पञ्छाउन समय लागेपनि विद्युत वितरण केन्द्र कालीकोटका कर्मचारी पैदल गएर अन्य ठाउँमा नयाँ पोल गाडेर बिद्युत सेवा सुचारु गरेका हुन् । विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका फोरमेन जयप्रसाद पाण्डेले सडकको पहिरो पञ्छाउन समय लाग्ने र बिद्युत सुचारु गर्न अझै ढिलो हुने भएपछि पैदल गई नयाँ ठाउँमा पोल गाडेर बिद्युत सुचारु गरेको बताए ।

पहिरो पञ्छाउन लागेको तीन दिन भइसकेको छ । त्यसैले त्यो समयको प्रतिक्षा गर्दा सदरमुकाम सहितका नागरिकले गाली गर्ने भएकाले जोखिम मोलेर भए पनि विद्युत सुचारु गराएको बताए । हामीले हाम्रो काम सम्पन्न गरेका छौं । सडकले पहिलो पञ्छाउने काम जारी राखेको छ । सम्भव त आजै सडक पनि सुचारु हुने पाण्डेले बर्ताए ।

बिहीबारदेखि परेको पानीका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडकसँगै कालीकोट जुम्लाको राष्ट्रिय प्रसारण लाइन अवरोध भएको थियो । विद्युत अवरोध हुँदा जिल्लाका सामुदायि रेडियो समेत प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया