सुर्खेत। रुकुमपश्चिममा अवैध रूपमा जङ्गली बँदेल सिकार गरिएको पाइएको छ । जिल्लाको मुसीकोट नगरपालिका-६ स्थित पानखोलामा जङ्गली बँदेलको अखेटोपहार (अङ्ग) भेटिएको हो ।
डिभिजन वन कार्यालय रुकुमपश्चिमका कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार मंगलबार पानाखोला सामुदायिक वन क्षेत्रमा अवैध रूपमा सिकार भएको जङ्गली जनावरको आलो मासु बरामद गरिएको छ ।
जङ्गली जनावरको सिकार भएको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट जङ्गली बँदेलको मासु बरामद गरेको कार्यालय हो ।
घटनामा संलग्न व्यक्तिको पहिचान भएको र अनुसन्धान कार्य सुरु गरिएकोछ। अवैध रूपमा जङ्गली बँदेल सिकार गर्ने व्यक्ति पक्राउ गरेर वन ऐन, २०७६ अनुसार कारबाही अगाडि बढाइने डिभिजन वन कार्यालयले जनाएको छ ।
नेपालीरैबार । २०८१ असार २६, बुधबार