
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ८०० सयले बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको हो।

नेपालीरैबार । २०८१ असार २७, बिहीबार