काठमाडौं महानगरले माग्यो ३० जना चालक

काठमाडौं। काठमाडौं महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना हेबी सवारी चालक माग गरेको छ ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया