जाजरकोटमा करेन्ट लागेर तिन जना घाईते

सुर्खेत। जाजरकोटमा करेन्ट लागेर तिन जना घाइते भएका छन । सल्यान कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, सोहि जिल्लाका ३२ वर्षीय दिपक रावत र जाजरकोट जिल्ला भेरी नगरपालिका ७ बस्ने २६ वर्षीय चन्द्र प्रकाश घर्ती गिट्टी पेल्ने मिक्सर मेसिनमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका हुने ।

बिहीबार दिउँसो २ बजे गणेश वलीको ४ तले घरको चौथो तलाको पिल्लर उठाने क्रममा मिक्सर मेसिनमा बिद्युत प्रबाह भई उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा लिई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका (प्रहरी निरीक्षक) माधब बिश्वकर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया