हाँस्य कलाकार बलेले गरे विवाह

काठमाडौं । कलाकार सागर लम्साल (बले )ले विवाह गरेका छन् ।

हाँस्य कलाकारसमेत रहेका लम्सालको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ। भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

उनी कमेडी सिरियल सक्किगोनीका कलाकार हुन्। उनी केही समयअगाडि कमेडी सिरियल भद्रगोलमा समेत आवद्ध थिए। उनले धेरै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया