हालसम्मकै उच्च मूल्यमा सुन

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार)छापावाला सुनको मूल्य २०० रुपैयाँले बढेर १ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेको हो ।

आइतबार सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया