भागिरथ र कविताको तीज गीत ’दिउँला बरिलै’ भिडियो सार्वजनिक

काठमाडौं । गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा यसवर्षको तीज पर्व विशेष गीत ‘दिउँला बरिलै’ सार्वजनिक गरिएको छ ।

नेत्र अर्यालको शब्द रहेको गीतमा गायक चलाउनेकै सङ्गीत छ । गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माले दिएका छन् ।

गीतको भिडियोमा मोडल लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन् । अशोक विकले निर्देशन गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।

प्रवीण भट्टले सम्पादन गरेको भिडियोमा कविता खत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया