श्रीलंकाविरूद्ध भारतको टी-२० टीमको कप्तानीमा सुर्यकुमार

काठमाडौं। श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् ।टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी-२० टीमको कप्तान खाली भएको थियो ।

जुलाई २७ देखि श्रीलंकासँग हुने ३ खेलको टी(२० सिरिजमा भारतको कप्तानी सुर्यकुमार यादवले गर्ने तय भएको हो ।

भारतले जुलाई २७ देखि अगस्ट ७ सम्म श्रीलंकासँग ३ एकदिवसीय र ३ टी-२०आई खेल खेल्दैछन् । एकदिवसीयमा भने भारतको कप्तानी रोहित शर्माले गर्ने सम्भावना छ ।

श्रीलंकामा हुने सिरिज नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतको पहिलो सिरिज हुनेछ।

तपाईको प्रतिक्रिया