दैलेखमा भिरबाट लडेर १३ वर्षीय बालिकाको मृत्यु

दैलेख । दैलेखमा भिरबाट लडेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ। नौमूले गाउँपालिका वडा न ६ भलयाडाडा निवासी बुवा महेन्द्र मल्ल , आमा चन्दा सिहं मल्लको जेठी छोरी वर्ष १३की प्रमिला मल्लको बिरैटा सामुदायिक बनमा सोमबार बिहान बाख्रा चराउन जादा भिरबाट लडेर मृत्यु हो।

घटना घटेको थाहा भएपछि इलाका प्रहरी कार्यालय नौमुलेको टोली र स्थानीयहरू घटनास्थल पुगेका थिए सोही दिन शव फेला नपर्दा टोली फर्किएको र पुनः मङ्गलबार शव खोजी गर्दा ३ सय मिटर तल खोल्सामा शव फेला परेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ।

शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा लगिएको इलाका प्रहरी कार्यालय नौमुलेका इन्चार्ज रेवन्त बोहोराले जानकारी दिए। प्रमिला श्री शिवशक्ति माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत थिइन्।

तपाईको प्रतिक्रिया