सुर्खेतका कुमार कार्कीको ‘बाबैले दिएनी टाढा’ तिज गित सार्वजनिक (भिडियो सहित)

सुर्खेत । सुर्खेती सर्जक तथा गितकार कुमार कार्किको तिज कोशेली “बाबैले दिएनी टाढा” को भिडियो सार्वजनिक भएको छ । उक्त गित एवान ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा कुमार कार्किको शब्द , कविराज गिरिको संगीत तथा चर्चित गायिका देवि घर्तिको स्वर रहेको छ।

भिडियोको छायांकन सुर्खेतकै बिभिन्न स्थानमा भएको हो । भिडियोको निर्देशन निर्मल प्याकुरेले गरेका छन् भने नृत्य निर्देशन चन्द्र  मन्दिर मगरले गरेका छन् । भिडियोमा अभिनय लक्ष्मी गिरिको रहेको छ ।

कार्किका  यस अघिका बर्षहरूमा  विभिन्न श्रृजनाहरू बजारमा आईसकेका छन् । उनले  हौला भेट नमरी बाचेत, मनको पीडा, सम्झेर माईतिको आगन जस्ता चर्चित गितहरू बजारमा ल्याईसकेका छन् । उनले गत साल तिज गित सम्झेर माईती को आगन बाट उत्कृस्ट मौलिक शब्द मार्फत अवार्ड प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया