दैलेखमा पहिरोमा परेर एक जनाको मृत्यु, एक घाइते

सुर्खेत । दैलेखमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–२, चौताराका अन्दाजी ५० वर्षीय शेरबहादुर बम रहेका छन् ।

बुधबार दिउँसो घर आँगनमा पहिरो रोक्नका लागि भित्ता लगाउँदै गर्दा बमको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगरातीले जानकारी दिए ।

यस्तै उक्त पहिरोमा परी उनका ३ वर्षीय नाति प्रवेश बम घाइते भएका छन् । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको छ ।

तपाईको प्रतिक्रिया