दैलेखमा खोलाले बगाएर दुई किशोरीको मृत्यू

दैलेख । खोलाले बगाएर दैलेखमा दुई किशोरीको मृत्यू भएको छ। शुक्रबार बिहान गाई–बाख्रा गोठाला गएकी किशोरीहरु छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा खोलाले बगाएर ज्यान गएको हो ।

मृत्यू हुनेमा महाबु गाउँपालिका–३ बाँसीका अन्दाजि १६/१७ वर्षीया फुपू सपना बुढा र भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए।

स्थानिय र प्रहरीकोले खोजी गदै जादाँ झण्डै साथ सय मीटर टाढा सार्कीखेत नजिक सपना र करिब तीन किलोमीटर टाढा कुन्टेताल नजिक भावनाको शव फेला परेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया