छत्र तारामीको तिज कोशेली ‘सम्झना रहिरह्यो’ गीत सार्बजनिक (भिडियो सहित)

सुर्खेत। हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै १ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् । यतिबेला गायक गायिकाहरु तिज गीतहरु रेकर्ड गर्न, म्युजिक भिडियो तयार गर्न व्यस्त छन् । तिज नजिकिदै गर्दा गायक तथा सर्जक छत्र तारामी मगर को तिज कोसेली सम्झना रहिरह्यो गीतको भिडियो सार्बजनिक भएको छ ।

गायक तथा सर्जक छत्र तारामी मगरले आफ्नै शब्द र संगित र लय र आवाजमा रहेको गितमा चर्चित गायिका टीका पुनले साथ दिएकी छन् । भने यस गीत लाई ऐरेन्ज याम थापा मगर ले गरेका छन।

यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । चिरण आचार्य, सिदार्थ भुसाल ले छाँयाकन गरेको भिडियोलाई खगेन्द्र के पि ले निर्देशक र चिरण आचार्य ले भिडियो सम्पादन गरेका छन । भने साम्राग्य के सि र रेशम नेप्मिङ्ग को दमदार अभिनय रहेको छ ।

के पि फिल्म र क्याप स्टुडियोको निर्माण मा रहेको यस गीतको भिडियोलाई छत्र तारामी मगर को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया