बङ्गलादेशमा पूनः चर्कियो आन्दोलन, नेपालीहरु सतर्कता रहन आग्रह

काठमाडौं । बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ।

बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र राजदूतावास निरन्तर सम्पर्कमा रहेको दूतावासले जनाएको छ।

बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यू आदेश समेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ। दुतावासद्वारा जारी सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया