
काठमाडौं। भारत श्रीलङ्कालाई हराउँदै काभा महिला भलिबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको हो । फाइनलमा भारतले नेपाल र इरानबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालीरैबार । २०८१ श्रावण २२, मंगलवार