जापानमा शक्तिशाली भूकम्पकाे धक्का

काठमाडौं। दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी जियोलोजिकल सर्वे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्यूड मापन गरिएको छ ।

 

यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन । जापानी सञ्चारमाध्यम ‘एनएचके वर्ल्ड’का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोसिमा लगायतका क्षेत्रमा सुनामीको चेतावनी समेत जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया