सुर्खेत । लामो समयदेखी गित संगितको क्षेत्रमा सक्रिय रहेका सुर्खेतका प्रकाश शाहीकाे तिज गित “पिर” सार्वजनिक भएकाे छ । चर्चित गायिका सुनिता बुढाकाे स्वरमा रहकाे भिडियो साेमबार सार्वजनिक भएकाे हाे । गितकाे भिडियो प्रकाश शाही युट्टुव च्यानलमार्फत् सार्वजनिक गरिएकाे हाे ।
तिज गित मौलिकतामा आधारित तिजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गितमा प्रकाश शाहीको शब्द, बरिष्ठ संगितकार गंगा के. सी. को संगित रहेकाे छ । यस्तै झरान सावद र धनकली शाहीको अभिनय, बिपिन आचार्यको संगित संयोजन, प्रबिन शाहीको कोरियोग्राफि, गोपाल रुचालको छायांकन र सम्पादन, अनि गितका सर्जक प्रकाश शाहीकै निर्देशनमा तयार पारिएको छ ।
गितमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरु मासिदै गएको कुरा झल्काउन खोजिएको छ। यो गितका माध्यमबाट तिजको माैलिकता र मर्मलाई जोगाउन खोजिएको गितका सर्जक प्रकाश शााहीले जानकारी दिए । शाहीका यस अघि पुजाको थाली, माईति देशको चुनाव, मेरो नाचो, पशुपतिमा जलरी लगायतका तिज गित बजारमा आईसकेका छन्। उक्त गितहरू अहिले पनि चर्चित छन् ।
नेपालीरैबार । २०८१ श्रावण २८, सोमबार