विष्णु माझीको नयाँ तीज गीत आइनँ आमा सार्वजनिक (भिडियो)

काठमाडौँ । विष्णु माझीको यसवर्षको तीज गीत सार्वजनिक भएको छ । अरु कलाकारका थुप्रै गीत यसअघि नै सार्वजनिक भए पनि दर्शकको लामो प्रतिक्षापछि शनिबार बिहान विष्णु माझीको आइनँ आमा बोलको गीतमा युट्युबमा सार्वजनिक भएको हो । विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ ।

पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा गीतमा उनको एकल स्वर छ । विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् । सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन् । विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन् ।

तपाईको प्रतिक्रिया