अहिले हिंसा भन्ने साथीहरूले नै कुनै बेला जनयुद्ध भनेर स्वीकार गरे : अध्यक्ष प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल (प्रचण्ड) ले संसद्मा माओवादी जनयुद्धलाई ‘हिंसा’ भनिएको विषयमा संविधानमै जनयुद्ध शब्दलाई व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ भनेको उल्लेख गर्दै अहिले हिंसा भन्ने साथीहरूले नै कुनै बेला जनयुद्ध भनेर स्वीकार गरेको बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकाहरुसँग कुरा गर्दे उनले संविधानले शान्ति सम्झौतालाई अभिन्न अंग मानेकाले संसदमा एमाले सांसदहरुले प्रयोग गरिरहेको भाष्य गलत रहेको बताए । उनले आफुले दिएका पछिल्ला अभिव्यक्तिहरु आवेगमा नभई देश र जनताको पक्षमा रहेको पनि दाबी गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशको वर्तमान भुराजनीतिक जटिलता र चुनौतीले निम्त्याउन सक्ने संकटका विरुद्धमा बोलेको बताए पार्टी केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा परामर्श छलफलका लागि आफू देश दौडाहमा रहेको उल्लेख गर्दै प्रचण्डले सरकारले गरेका गलत कामको प्रतिवाद गरिरहेको समेत बताए ।

सरकार फेरिएको तथा पहिलो र दोस्रो पार्टी मिलेर सरकार नबन्ने विषयको जवाफ संसदबाट दिएको उनले दावी गरे ।यस्तै, प्रचण्डले पार्टी नेतृत्वका विषयमा छलफल गर्न आवश्यक नरहेको उल्लेख गर्दै यथास्थितिमा नेतृत्व हस्तान्तरणको पक्षमा नरहेको संकेत गरे । नेतृत्व हस्तान्तरणको विषय आजको मितिसम्म आएको छैन र त्यो आवश्यक पनि छैन,’ उनले भने ’तर, म आफै पनि ७० वर्ष कटेकाले मेरा लागि अध्यक्ष पद आवश्यक ठानेको छैन । अध्यक्षभन्दा पनि प्रचण्ड माथि भईसक्यो । मात्रै के चाहाना हो भने एउटा राम्रो टिम बन्यो भने विकल्प खोज्ने कुरा हो ।

तपाईको प्रतिक्रिया